भद्रकाली कप अन्तर विद्यालय बास्केटबल : भ्याली पब्लिक र गोल्डेन पिकले हात पारे उपाधि

काठमाडौँ– दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा सिनियरतर्फ भ्याली पब्लिक स्कुल र जुनियरतर्फ गोल्डेन पिक स्कुले उपाधि हात पारेका छन । काठमाडौँको बुढानिलकण्ठस्थित भद्रकाली ईंग्लिस मिडियम स्कुलको आयोजनामा भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलको जुनियर ब्वाइजतर्फ गोल्डेन पिक स्कुलले स्किब्स स्कुललाई १९ का विरुद्ध २० अंकले पछि पार्दै उपाधि चुम्यो ।

त्यसै गरी छात्रा समूहमा भ्याली पब्लिक स्कुलले हिमालय स्कुललाई १७ का विरुद्ध २० अंकले पराजित गर्दै उपाधि हासिल ग-यो । त्यसैगरी सिनियर ब्वाइजतर्फ भ्याली पब्लिक स्कुलले गोल्डेन पिक स्कुललार्इ पराजित ग-यो । भ्यालीले हिमालयलाई ५५ का विरुद्ध ६५ अंकको स्कोरले हरायो । प्रतियोगितामा बेस्ट प्लेयरमा जुनियर ब्वाइज तर्फ गोल्डेन पिकका सोहन ठकुरी घोषित भए ।

त्यस्तै छात्रा तर्फ भ्याली पब्लिक कि अनिता गुरुङ बेस्ट प्लेयर भईन भने सिनियर ब्वाइज मा भने सुशान्त चौधरी बेस्ट प्लेयरको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा मोस्ट भ्यालुएवल प्लेयरमा जुनियर ब्वाइज मा बिबेक कपाली, सोही उपाधिमा गोल्डेन पिक छात्रा तर्फ भ्याली पब्लिककी एन्जल गुप्ता र सिनियर ब्वाइजतर्फ भ्याली पब्लिककै अनमोल गुरुङ घोषित भए । विजयी सबै खेलाडिहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष डि के ढुङानाले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ९ टिम सहभागी थिए भने जुनियर छात्रतर्फ १३ टिम सहभागी थिए । बुढानिलकण्ठ नपास्थित भद्रकाली स्कुलले गतवर्षबाट अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने गरेको विद्यालयकी प्राचार्य अनिता थापा अधिकारीले जानकारी दिनुभयो ।