नेक्ससको अर्को शानदार जित : फिजम कपमा पनि सर्वप्रथम

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले फेरि अर्को महत्वपूर्ण खेलमा सर्वप्रथमको जित हासिल गरेको छ । १० औँ संस्करणको फिजम ग्रामर अन्तर विद्यालय फुटबल प्रतियोगितामा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । नेक्ससका कृष्ण बहादुर मगर, राज मगर र कर्तव्य शाहीले एक–एक गोल गरे ।

प्रतियोगितामा बेस्ट प्लेयर डेलान लिम्बु, बेस्ट डिफेन्स एकराज बिके, बेस्ट स्ट्राइकर अनिश थापामगर, हाइ स्कोरर कृष्ण बहादुर आले र बेस्ट कोच नेक्सस संकटाका राजेश श्रेष्ठ घोषित भए । जितसँगै नेक्ससले ट्रफी, मेडल, शिल्ड लगायत प्राप्त गरेको छ । प्रतियोगितामा विजयी खेलाडिहरुलाई काठमाडौँ क्षेत्र नं २ की सांसद शोभिता गौतमले पुरस्कृत गर्नुभयो ।

सानोठिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा भएको प्रतियोगितामा उपत्यकाका १६ विद्यालय सहभागी थिए ।संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) फिजमले हरेक वर्ष विद्यार्थीहरुको प्रतिभा उजागर गर्न फुटबलसहित विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतियोगितामा नेपाल तारा स्कुल पेप्सीकोला, नेक्सस इन्टरनेशनल एकेडेमी पेप्सीकोला, मोनाष्टिक पब्लिक इंग्लिस स्कुल कागेश्वरी मनोहरा, भिमेश्वर एकेडेमी पेप्सीकोला, ग्रामर पब्लिक स्कुल कोटेश्वर, न्यु भिजन एकेडेमी कोटेश्वर, काम्यक स्कुल बागबजार, माउण्ट सेब स्कुल नरेफाँट, स्वर्णिम तारा विद्या सदन कोटेश्वर, विश्व विद्या मन्दिर ललितपुर, लाईसियम प्याराडाइज एकेडेमी पेप्सीकोला, दिपिका स्कुल कोटेश्वर, अर्किड प्युपल इंग्लिस स्कुल कागेश्वरी मनोहरा, ग्लोबल पब्लिक स्कुल पेप्सीकोला, बेस्ट ग्रुप भिजन इंग्लिस स्कुल पेप्सीकोला र हेब्रोन पब्लिक स्कुल कोटेश्वरको सहभागी थिए ।