रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले सप्ताहव्यापी युके भर्ना अभियान सञ्चालन गर्ने

काठमाडौँ– पुतलीसडकस्थित रिएल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले सप्ताहव्यापी युके भर्ना अभियान सञ्चालन गर्ने भएको छ । कन्सल्टेन्सीले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीका डाइरेक्टर बसन्त नेपालले बेलायतको शिक्षामा देखिएको परिवर्तन, नेपाली विद्यार्थीहरुले लिनसक्ने लाभ, भिजा प्रोसेसिङ लगायतबारे जानकारी गराउनुभएको थियो ।

त्यसक्रममा उहाँले बेलायतको एजुकेशन सिस्टममा आएको परिवर्तन, भिजा प्रोसेसीङ, बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूको बारेमा युनिभर्सिटीकै प्रतिनिधिलाई बिध्यार्थीहरू र च्यानल पाट्नरहरूसंग साक्षात्कार गराउने उद्देश्यका साथ आफू नेपाल आई सप्ताह ब्यापी इन्फर्मेसन सेसन आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो।

पत्रकार सम्मेलन मार्फत युनिभर्सिटी अफ इष्ट लन्डनका स्टुडेन्ट्स रिक्रूटमेंट एड्भाइजर प्रतीक गुप्ताले बेलायतको एजुकेशन सिस्टम र आफ्नो युनिभर्सिटीका बारेमा पत्रकारहरूलाई जानकारी दिनुभयो । कन्सल्टेन्सीले युनिभर्सिटीका प्रतिनिधिसँगै सिधै विद्यार्थीहरुले जिज्ञासा राख्न पाउने भएकाले सप्ताहव्यापी युके भर्ना अभियान बेलायत जान चाहने विद्यार्थीहरुलाई फलदायी हुने जनाएको छ ।

ब्रिटिस एजुकेशन सिस्टमको बारेमा ताजा अपडेटड इन्फर्मेसन गराउन यो साता भरी युनिभर्सिटी अफ बेष्ट लण्डन, युनिभर्सिटी अफ इष्ट लन्डन, बर्मिङ्घम सिटी युनिभर्सिटी, युनिभर्सिटी अफ वेर्केष्टर र सेन्ट जोन युनिभर्सिटीका बारेमा विद्यार्थीहरुले जानकारी लिन पाउने सिनीयर मार्केटिङ डिरेक्टर अर्जुन शर्माले जानकारी दिनुभयो ।