नेपालको साक्षरता दर ७६.२ प्रतिशत

काठमाडौँ –नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना अनुरुप साक्षरता दर ७६ दशमलव २ पुगेको हो ।

साक्षरता दर बितेको १० वर्षमा १० प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।


प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सबै भन्दा धेरै साक्षरता दर रहेको छ भने मधेश प्रदेशमा सबै भन्दा कम साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर समेत मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ । त्यस्तै काठमाडौ जिल्लामा सबैभन्दा वढि ८९.२३ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम साक्षरता दर ५७.७५ प्रतिशत साक्षर रहेको पाइएको छ ।

यसअघि २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो ।