थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्यो

काठमाडौँ – नेपालमा आज थप १८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १८० जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए।

यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५ हजार ९६४ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६ हजार ८११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २६४ जना कोरोना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।