छैठौँ नेक्सस संकटा कप फुटबल : गटेवे र ब्रह्मकुञ्ज फाइनल प्रवेश

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा उपत्यकामा जारी छैठौँ नेक्सस संकटा उपत्यकाव्यापी फुटबलमा गेटवे र ब्रह्मकुञ्ज फाइनल प्रवेश गरेका छन ।

आज भएको सेमिफाइनलमा एकलब्य शिक्षा सदनलाई गेटवेले २–० ले पराजित गर्यो । गेटवेका प्रदीप खत्री म्यान अफ दि म्याच घोषित भए । आजै भएको अर्को खेलमा ब्रह्मकुञ्ज विद्या सदनले अर्किड प्युपललाई ४–१ गोल अन्तरले पराजित गर्यो । ब्रह्म कुञ्जका निशान्त तामाङ म्यान अफ दि म्याच घोषित भए ।

फाइनल खेल ९ गते विहान ११ बजेपछि गेटवे र ब्रह्मकुञ्जबीच हुनेछ ।