लोयल्टीमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण सम्पन्न, विद्यार्थीको चाप बढेपछि व्यवस्थापन संकायमा भर्ना लगभग बन्द

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीले उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९÷८० का लागि विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विज्ञान र व्यवस्थापन संकाय रोजेका विद्यार्थीहरुलाई उनीहरुले रोजेको संकायका स्कोप र आगामी गन्तव्य लगायतबारे सम्बन्धित शिक्षक शिक्षिकाले जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष विजय साम्बेहाम्फेले लोयल्टी एकेडेमी विद्यार्थीहरुको शैक्षिकसँगै चौतर्फी विकासका लागि प्रयत्नरत रहेको जानकारी गराउँदै विद्यार्थीहरुलाई उनीहरुको सपना पूरा गर्न विद्यालय उपर्युक्त गन्तव्य रहेको स्मरण गराउनुभयो ।

व्यवस्थापन संकायमा भर्ना बन्द
लोयल्टीमा व्यवस्थापन संकायमा भर्ना लगभग बन्द भएको विद्यालयका प्राचार्य वीरेन्द्र कुरुम्बाङले जानकारी दिनुभयो । ‘एक, दुई सिट मात्र बाँकी छ, त्यो पनि आज वा भोलि पूरा हुन्छ । नजिकैको उपर्युक्त गुणस्तरीय शैक्षिक संस्था छान्ने विद्यार्थीले तत्काल विद्यालयमा सम्पर्क गर्नुहोला ।’ उहाँले बताउनुभयो ।

विद्यालयले कक्षा ११ को अध्यापन यही भदौ २ गतेदेखि गर्दैछ ।