कोरोना संक्रमणबाट पाल्पामा एकको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँ – कोरोना संक्रमणबाट नेपालमा फेरि अर्का व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाल्पाका ४० वर्षिय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । उनी ५ दिनअगाडि भारतबाट आएर पूर्वखोला –२ जल्पा क्वारेन्टाइनमा थिए ।

क्वारेन्टाइनमैँ रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा जेठको २० गते मृत्यु भएको हो ।