नेक्सस–संकटा फुटबल सम्पन्न, गेटवे बन्यो विजेता

काठमाडौँ– पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा उपत्यकामा जारी छैठौँ नेक्सस संकटा उपत्यकाव्यापी फुटबलको उपाधि गेटवे हासिल गरेको छ । फाइनल खेलमा ब्रह्मकुञ्जलाई ३–० गोल अन्तरले पराजित गर्दै गेटवेले जित हासिल गरेको हो । गेटवेका प्रदीप खत्रीले मध्यान्तर अगावै २ गोल गरे भने मन्ध्यान्तरपछि सन्दीप शिवाकोटीले १ गोल गरे ।

ब्रह्मकुञ्जले गोल फर्काउन सकेन । प्रतियोगितामा फेयर प्लेको अवार्ड कौस्तुभ एकेडेमीले प्राप्त गरेको छ । गेटेवेका प्रदीप खत्री बेस्ट प्लेयर भए भने गेटवेकै रोहन महतले बेस्ट किपर, दर्शन केसी बेस्ट मिडफिल्डर घोषित हुँदा गेटवेकै स्वारेन नापित बेस्ट कोच घोषित भए । नेक्ससका हार्दिक विक्रम विष्ट बेस्ट डिफेण्डर भए भने ब्रह्मकुञ्जका निशान तामाङ बेस्ट स्ट्राइकर घोषित भए । प्रतियोगितामा विजयी खेलाडिहरुलाई प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुंगानाले पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव एवं नेक्सस् सङ्कटा युथ फुटवल एकेडेमीका अध्यक्ष तथा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आर बी कटुवालले नेक्ससले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरेकाले यसैको निरन्तरता दिइएको र खेलाडि तथा सहभागी विद्यालयले खेल सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो ।