लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर को दोस्रो डिष्ट्रिक्ट कन्भेन्सन चितवनमा हुने

काठमाडौँ –लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर को दोस्रो डिष्ट्रिक्ट कन्भेन्सन चितवनको भरतपुरमा हुने भएको छ । कन्भेन्सन यही चैत्र २४ गते चितवनको भरतपुरमा हुने भएको हो । अधिवेशनले लायन बर्ष २०२४/२०२५ का लागि नयाँ नेतृत्व चयन गर्ने डिष्ट्रिक्ट गभर्नर आर.एस. महतोले जानकारी दिनुभयो ।

लायन्स क्लव इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नरको पदावधि एक वर्षको मात्र हुने प्रावधान छ। नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा एक जना मात्र आकाँक्षी भएपनि एस भोट लिनुपर्ने प्राबधान छ ।

अधिवेशनले आगामी बर्षका लागि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपानेलाई डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गर्नेछ । तर, न्यौपानेले एस भोट भने लिनुपर्ने व्यवस्था छ । त्यसैगरी फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा नवराज सापकोटाले पनि एस भोट लिनुपर्ने छ । सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरका लागि विभिन्न आकांक्षी छन् ।

अधिवेशनले सेकेण्ड डिष्ट्रिक्ट गभर्नरको निर्वाचनपनि सम्पन्न गर्नेछ । डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न गर्न कन्भेनर दुर्गालक्ष्मी श्रेष्ठको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएको छ । समितिहरुले विभिन्न चरणमा बैठक सम्पन्न गरी भव्य तयारी गरिरहेको कन्भेनर श्रेष्ठले बताए । उनका अनुसार डिष्ट्रिक्टका १ सय ६६ क्लबका एक हजार पाँच सय जनाको सहभागिता रहनेछ । डिष्ट्रिक्ट आर मा काठमाण्डौं, ललितपुर, चितवन र नवलपुर पूर्वका करिव ४ हजार लायन सदस्य रहेका छन् ।