बाथ र आँखाबारे निःशुल्क स्वास्थ्य शिविर

ललितपुर–बाथरोग र आँखारोगबारे नेशनल बाथरोग सेन्टर र नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन । निःशुल्क स्वास्थ्य शिविर वैशाख १६ गतेदेखि सुरु गरिएको हो । शिविर २१ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा बाथ र आँखा रोगबारे निःशुल्क परीक्षण हुनेछ ।

शिविरमा बाथरोग पहिचान गर्दा लाग्ने ल्याब टेस्ट समेत निःशुल्क हुने आयोजक नेशनल बाथरोग सेन्टरका निर्देशक रुपेश केसीले जानकारी दिनुभयो । युरिक एसिड, ¥यान्डम ब्लड सुगर, सिआरपी, ईएसआर निःशुल्क परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । विहान ९ः३० बजेदेखि ३ बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा वरिष्ठ बाथरोग विशेषज्ञहरु डा. विनित वैद्य, डा. सुधीर कर्माचार्य लगायतले परीक्षण गर्नेछन ।

बाथरोग पहिचान गर्ने प्रयोजनका लागि वर्षको चार पटक यसरी फ्रि क्याम्प गर्ने गरिएको सेन्टरका निर्देशक केसीले स्पष्ट पार्नुभयो । ‘स्थानीयबासी र रोग लागेका अन्यलाई पनि सहज परीक्षण गराउन वडासँग मासिक २ पटक निःशुल्क हेल्थ क्याम्प गर्ने गरेका छौँ । ’ उहाँको भनाई छ । नेपालमा ३० देखि ३५ प्रतिशत बाथरोगका विरामी देखिने गरेको उहाँको भनाइ छ । नेशनल बाथरोग सेन्टर १० वर्ष पहिले स्थापना भएको थियो जसले विभिन्न ठाउँमा शाखामार्फत पनि सेवा दिँदै आएको छ ।