कोरोना संक्रमितको सख्या कति पुग्यो ? यस्तो छ पछिल्लो तथ्याङ्क

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार शनिबार विहान ८ बजेसम्मको तथ्याङक अनुसार संक्रमितको संख्या २८ लाख ३० हजार नाघेको हो ।

मृत्यु हुनेको संख्या पनि एक लाख ९७ हजार २ सय ४५ पुगेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ७ लाख ९८ हजार ७ सय ७२ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा करिब ५२ हजार १ सय ८५ को मृत्यु भइसकेको छ भने इटालीमा २५ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २२ हजार ५ सयभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

फ्रान्समा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार २ सय नाघिसकेको छ । भारतमा ७ सय ८० जनाको मृत्यु भएको छ भने २४ हजार ५ सय संक्रमित भएका छन् ।