आन्दोलनमा ऐक्यबद्धता जनाउन देशभरका शिक्षणसंस्थालाई प्याब्सन, एनप्याब्सनको आग्रह

काठमाडौँ – काठमाडौँ ( निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेशनल प्याब्सनले विद्यालय बन्द गर्न ऐक्यबद्धता जनाउन देशभरका निजी विद्यालयलाई आग्रह गरेका छन् ।

दुवै संस्थाका अध्यक्षले आज एक संयुक्त वक्तव्य जारी गरी देशभरका करिब दुई दर्जन गुठी, सहकारी र विभागीय विद्यालयलाई पत्र पठाएर अनलाईन कक्षा बन्दगर्न आग्रह गरेका हुन् । देशभरका विद्यालय दुवै संगठन आबद्ध विद्यालयलाई दुवै संगठनका केन्द्रबाट स्पष्ट निर्देशन र अनुगमन गरिएपनि शैक्षिक गुठीबाट सञ्चालित विद्यालयलाई पनि समेटन पत्रचार र आग्रह गरिएको प्याब्सनले जनाएको छ ।

सेन्ट जेभियर्स,सेन्ट मेरिज, बुढानिलकण्ठ, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका विद्यालय , शैक्षिक गुठीबाट सञ्चालित सिद्धार्थ बनस्थली, एलआरआई, लगायतका विद्यालयलाई समेत पत्राचार गरिएको प्याब्सन सह–अध्यक्ष डिके ढुंगानाले जानकारी दिनुभयो ।
यस्तो छ पत्र :