आज कुन कुन देशबाट आउँदैछन् नेपाली ?

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ जना नेपाली आज स्वदेश फर्कदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १५० जनालाई लिएर विहान नेपाल एयरलाईन्स, दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एयरलाईन्स, त्यस्तै माल्दिभसमा रहेका १५६ जनालाई लिएर हिमालयन एअरलाईन्सकै विमान आउँदै छ ।

एयर अरेवियाको विमानबाट संयुक्त अरब ईमिरेट्स (यूएई)बाट १५० नेपाली स्वदेश फर्किनेछन् । यसैगरी कुवेतबाट जजीरा एयरको विमानले १५० जनालाई नेपाल ल्याउने तालिका रहेको छ ।

नेपाल फर्किनेहरुको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएकाहरुलाई मात्र स्वदेश फर्काइने छ ।