थप ३११४ जनामा कोरोना संक्रमण, संक्रमित १ लाख ७९ हजार ६१४ पुगे

काठमाडौँ- नेपालमा आज थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ३११४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै संक्रमित १ लाख ७९ हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३१४२ जना डिष्चार्ज भएका छन् भने हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

हाल आइशोलेशनमा ३७ हजार ४७६ जना रहेका छन् भने क्वारेन्टाइनमा १२७७ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १४ लाख ८० हजार ९७८ वटा पिसिआर टेष्ट गरिएको छ ।

त्यस्तै कोरोनाका कारण थप २० जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार चार जना पुगेको छ ।