भारतीय विदेशसचिव हर्षवर्धन स्वदेश फिर्ता

काठमाडौँ -भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुईदिने नेपाल भ्रमण पुरा गरि स्वदेश फर्केका छन । उनी शुक्रबार अपरान्ह नयाँ दिल्ली फर्केका हुन । नेपालमा रहदा श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच सचिव स्तरीय वार्ता भएको थियो ।

वार्ताका क्रममा भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल भएको थियो । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत प्रमुख दलका नेताहरुसँग छलफल गरेका थिए ।

शृंगला विदेश सचिव बनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन । उनको भ्रमणपछि एकबर्षदेखि रोकिएको नेपाल भारतविचको औपचारिक छलफल अघि बढ्ने विश्वास गरिएको छ ।