काठमाडौँ उपत्यकामा १४६८ जनामा कोरोना संक्रमण

काठमाडौँ -पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।

उपत्यकामा १४६८ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।