३३०९ संक्रमित थपिए, थप ३० जनाको मृत्यु

काठमाडौँ -नेपालमा कोरोना भाइरस संक्रमणवाट थप ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ३० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १३ हजार १ सय ४४ पीसीआर नमूना परीक्षण गर्दा थप ३ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७८ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंका १ हजार ५ सय ७०, ललितपुरका १ सय ८९, भक्तपुरका ११९ जना रहेका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ । यो संख्या कुल संक्रमितको ७९ दशमलब २ प्रतिशत हो । हाल देशभरका आइशोलेशनमा ३६ हजार ९ सय ११ जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ३० हजार १ सय ३१ जना होम आइसोलेसन र ६ हजार ७ सय ८० संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । संक्रमितमध्ये ३ सय ७९ जना आईसीयु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अहिले क्वारेन्टाइनमा १ हजार ३ सय ५ जना रहेका छन् । हालसम्म संक्रमण पहिचानका लागि १४ लाख ९४ हजार १ सय २२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।