थप २२४ जनामा कोरोना भाइरस संक्रमण, संक्रमित १९ हजार ७७१ पुगे

काठमाडौँ – नेपालमा आज थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

थप २२४ जनामा संक्रमण थपिएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ७७१ पुगेको छ । त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा १५१ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६ पुगेको छ ।