कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ वर्षिया बालिकासहित ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पर्सा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना, सुनसरीका २ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ