मनसुन देशभर सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदलाव देखिएको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।