थप २७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित ५३३५ पुगे

काठमाडौँ । नेपालमा शनिबार थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हालसम्म ५ हजार ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

डा. गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९१३ पुगेको छ ।