नेपालमा कोरोना संक्रमित १३, ५६४ पुगे

काठमाडौँ – नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा हालसम्म १३ हजार ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये महिला ९ र पुरुष ५१ रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३,१९४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।