कोरोनाका कारण ५ वर्षीय बालकसहित दुई जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसका कारण आज ५ वर्षीय बालकसहित २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराका पाँच वर्षे बालक र अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको जानकारी दिए ।

बाराका ५ बर्षिय बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो । ज्यान गुमाएका उनीहरु दुबै जनाको नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा नतिजा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।