विद्यालय सञ्चालनका लागि मन्त्रिपरिषदले गर्यो यस्तो निर्णय

काठमाडौँ – सरकारले विद्यालय सञ्चालनको तयारी थाल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकका निर्णय विहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शैक्षिकसत्र २०७६/०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका नतिजा प्रकाशन गर्ने र भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागतरुपमा विद्यार्थीको विवरण यकीन गर्ने लगातका निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले विद्यालय भवन र परिसरमा ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’सम्बन्धी कुनैपनि काम सञ्चालन नगर्ने निर्णय गरेको छ । साथै पाठयपुस्तक उपलब्ध गराउन बाँकी विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

त्यसैगरी विद्यालय सञ्चालनका लागि शिक्षकहरु सम्बन्धित विद्यालयमा पुगिसक्ने लगायतका निर्णय गरेको छ ।