बुढानिलकण्ठ स्कुलको नतिजा सार्वजनिक

काठमाडौँ- बूढानिलकण्ठ स्कुलमा कक्षा ५ मा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुको अन्तिम नामावली प्रकाशन भएको छ । स्कुलले गत वैशाखमा लिएको छात्रवृत्ति अन्तर्गतको नतिजा सार्वजनिक गरेको हो ।

शैक्षिक सत्र २०७९ देखि छात्रवृत्तिमा अध्ययन गर्न बैशाख १९ गते परीक्षा लिइएको थियो ।