भिभिड कन्सल्टेन्स् नेपालको शाखा भक्तपुरमा

काठमाडौँ – विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक सेवा प्रदान गर्दै आएको भिभिड कन्सल्टेन्सले आफ्नो शाखा विस्तार गरेको छ । भिभिड कन्सल्टेन्स् नेपालले भक्तपुरको राधे–राधेमा आफ्नो शाखा विस्तार गरेको हो। सन् २०१७ मा स्थापित भिभिड कन्सल्टेन्सले विदेशका विभिन्न देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्शका सेवा प्रदान गर्दै आइरहेको छ।

काठमाडौंको नयाँ बानेश्वर पश्चात् भक्तपुरमा पनि विद्यार्थीहरुलाई सेवा दिन सहज होस भनेर भक्तपुरको राधे राधेमा आफ्नो शाखा विस्तार गरेको भिभिडका एक्जक्युटिभ डाइरेक्टर लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । वैदेशिक अध्ययनमा जाँदा आइपर्ने कुनै पनि अफ्ठ्याराहरुलाई कसरी समाधान गर्ने तथा विदेशमा पढ्न जाँदा विद्यार्थीहरुले ध्यान दिनुपर्ने प्रमूख कुराहरुमा भिभिड कन्सल्टेन्स् अष्ट्रेलियाका म्यानेजिङ डाइरेक्टर योगेन्द्र विष्टले स्पष्ट पार्नुभयो ।

शाखा विस्तारका क्रममा आयोजित कार्यक्रममा अष्ट्रेलियामा अवस्थित न्यू इरा इष्टिच्युटकी कन्ट्री डाइरेक्टर कामना शर्मा तथा ब्लु लोटस् कलेजका कन्ट्री म्यानेजर कमल भण्डारीले इष्टिच्युट मा आई इ एल टि एस, पि टि ई तथा अन्य इंग्लिश प्रोफीसिएन्सी टेस्ट अध्ययनरत विद्यार्थीहरुलाई आ–आफ्नो कलेजका बारेमा परामर्श प्रदान गरेका थिए।

भिभिडमा आई इ एल टि एस, पि टि ई अध्ययनरत विद्यार्थीहरुले भिभिडको सेवा सुविधा तथा शैक्षिक वातावरण निकै नै प्रशंसनीय रहेको बताएका छन्। भिभिड कन्सल्टेन्स् नेपालले विद्यार्थीहरुलाई आवश्यक कुनै पनि सेवामा सम्झौता नगर्ने पनि जनाएको छ।