विश्वमा कति पुगे कोरोना संक्रमित ?

काठमाडौँ- आइतबार यो समाचार तयार पार्दासम्म विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्याङक अनुसार विश्वभर ३ करोड ९ लाख ८७ हजार बढी संक्रमित भैसकेका छन ।

पछिल्लो २४ घण्टामा ३ लाख बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ ।

एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।