थप १ हजार ३२५ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा आज थप १ हजार ३२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३२५ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६४ हजार १२२ पुगेको छ । पछिल्लो २४ घन्टामा ९६६ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।