विश्वमा एकैदिन ३ लाख १३ हजार ८९५ संक्रमित थपिए

काठमाडौँ– विश्वमा एकैदिन ३ लाख १३ हजार ८९५ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ८ हजार ८३१ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख ६४ हजार ४५६ पुगेको छ । त्यस्तै अहिलसम्म १० लाख २७ हजार ४२ पुगेको छ । अहिले सम्म ७७ लाख ८९ हजार ६१९ जनामा संक्रिय संक्रमण छ ।

तीमध्ये ६६ हजार ८४ जनाको अवस्था गम्भीर छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या ७४ लाख ९४ हजार ५९१ पुगेको छ । अमेरिकामा २ लाख १२ हजार ६६० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा ६३ लाख ९१ हजार ९६० जना संक्रमित छन् । ९९ हजार ८०४ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।