निजी विद्यालयका शिक्षकको तलब व्यवस्थापन, दायित्व कसको ? आज हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत आज निजी विद्यालयका शिक्षकका समस्या लगायतबारे बहस हुँदैछ । खुल्लापाटी डट कमले नियमित गर्ने खुल्ला बहस अन्तर्गत आजको श्रृङखलामा विद्यालय सञ्चालक, शिक्षक र अभिभावक सहभागी हुन लागेका हुन् ।

आजको बहसमा विद्यालय सञ्चालकहरुका छाता संगठन प्याब्सनका केन्द्रीय सहअध्यक्ष डिके ढुंगाना, अभिभावक महासंघका केन्द्रीय संयोजक धर्मदत्त देवकोटा र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का केन्द्रीय अध्यक्ष होमकुमार थापा सहभागी हुँदैछन् ।

बहस बेलुका ५ बजेदेखि सुरु हुनेछ । बहस प्रत्यक्ष हेर्न खुल्लपाटी डट कमको तल उल्लेखित फेसबुक पेज लाइक गर्नुहोला ।

https://www.facebook.com/khullapati2020/

साथै नियमित अपडेटका लागि युट्युब पनि सब्स्क्राइब गर्नुहोला ।

https://www.youtube.com/channel/UC05oGM8Ly05hJaVD05AtJ7Q