काठमाडौँमा थपिए ९४३ संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुर ६९ जना गरि जम्मा ९४३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको छ।