विद्यालय जाँदै गर्दा लडेर विद्यार्थीको मृत्यु

काठमाडौँ –अध्ययन गर्न विद्यालय जाँदा लडेर हुम्लामा एक विद्यार्थीको मृत्यु भएको छ । सूर्योदय माध्यामिक विद्यालय श्रीनगरमा कक्षा ९ मा अध्ययनरत अदानचुली गाउँपालिका– २ का १५ वर्षीय प्रशान्त थापाको मृत्यु भएको हो ।

विद्यालयको काँडेतारले पोसाक च्यातिएपछि फेर्नको लागि विद्यालय नजिकको घरमा गएर फर्किने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए ।