भारतमा एकैदिन ४ लाख १४ हजार ४३३ जनामा संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको वल्डोमिटरले जनाएको छ ।

भारतमा हालसम्म २ लाख ३४ हजार ७१ जनाले ज्यान गुमाएका छन भने अहिलेसम्म १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।