वीरगञ्जमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – वीरगञ्जमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा गएराति थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको कन्ट्रयाक टेसिङ्गको आधारमा बिभिन्न स्थानबाट संकलन गरिएको चार सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा र नारायणी अस्पतालको आकास्मीक कक्षमा भर्ना भएका चार जना बिरामीको जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गर्दा थप तीन जना गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले जानकारी दिए ।

कोरोना संक्रमित हुनेमा ६ बर्षदेखि ७० बर्ष उमेर समुहका आठ महिलासहित ३३ जना पुरुष रहेका छन् ।