थप ९७९ जनामा संक्रमण, संक्रमित ४७ हजार २३६ पुगे

काठमाडौँ – नेपालमा आज थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । यसमध्ये १६ हजार २५९ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७३६ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

थप ११ जनाको मृत्यु

यसैबीच, नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७३६ कोरोना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।