थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा आज थप १०६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०६९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४० हजार ५२९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ७६८ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।