२४ घण्टामा ३८४० जनामा संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेसमिटमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले २४ घण्टामा थप ३ हजार ८४० जनामा संक्रमण भएको जानकारी दिए । २४ घण्टामा १० हजार ८८६ पीसीआर र ४ हजार ९२२ जनाको एन्टिजेन परीक्षण परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७४ पुगेको छ । त्यस्तै, २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ९ हजार ७७१ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ छ । पीसीआर परीक्षणमा २६३४ जना र एन्टिजेन १२०६ परीक्षणमा जनामा संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए । हालसम्म पीसीआर विधिबाट ६ लाख ८८हजार ३०७ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट गरिएको परीक्षणमा ५८ हजार ३५० कोरोना पुष्टि भएको छ ।