अभिभावक प्रिन्सिपल प्रकरण : पैसा तिर्नपर्ने भएपछि मेरो बदनाम गरियो, एक थप्पडमात्र हानेको भए कारबाही भोग्न तयार छु : प्रिन्सिपल दीपक कुँवर

काठमाडौँ – विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेका भन्दै अभिभावकमाथि कुटपिट गरेको आरोप लागेका प्रिन्सिपल दीपक कुँवरले आफूलाई बदनाम गराउन खोजिएको भन्दै घटनाबारे यथार्थ बुझन आग्रह गरेका छन । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का कृष्णप्रसाद आचार्यमाथि हातपात भएको भन्दै प्रिन्सिपल कुँवर विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा आचार्यले छोराले कुटपिटमा उजुरी गरेका छन ।

प्रिन्सिपल कुँवरले भने आफूले एक थप्पडमात्र हानेको भए कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका छन ।

खुल्लापाटी डट कमको नियमित श्रृङखला खुल्ला बहसमा प्रिन्सिपल कुँवरले भने –‘ उहाँसँग बक्यौताको कुरा गर्दा तिरिसकेँ भन्नुभयो । मैँले तिर्नुभएको छैन नभए हिसाब हेर्न जाउँ भन्दा उहाँ अचानक लडेपछि ममाथि कुटपिटको आरोप लाग्यो । त्यसबेला म उहाँसँगै हुनु नै ममाथि दोष आइलाग्यो ।’

प्रिन्सिपल कुँवरले आफूले उहाँलाई हिसाब हेर्न जाऊ अहिले तिर्नु पर्दैन भन्दा उहाँ चिप्लिएपछि उपचारका लागि पहलसमेत गरेको जानकारी दिए ।

उनले भने –‘उहाँ लडनुभएपछि मैँले अरुसमेतको सहयोगमा दायित्वबोध सम्झेर अस्पताल लैजान सहयोग गरेँ । अस्पताल खर्च पनि दिएँ । सुरुमा पैसा लिनुभयो । पछि पैसा चाहिँदैन भनेर मेरो विरुद्ध मुद्धा हाल्नुभएको पाएँ । दुःख लागेको छ ।’ घाइते आचार्यको भने बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

घटना यसरी भएको हो : प्रिन्सिपल कुँवर
कृष्णप्रसाद आचार्यका दुई छोरा एक ६७ र एक ६८ सालमा मेरो विद्यालयमा भर्ना भएका थिए । दुवै जनाले एसइइ परीक्षा दिए । विद्यालयमा उहाँका छोराको शुल्क जम्मा ३१३३० रुपैँया बुझाइएको थियो । बक्यौता ५१ हजार ७५ रुपैँया थियो । छोराहरुले एसईई दिएपछि उहाँले विद्यालयसँग आउन नचाहने गर्नुभयो । बक्यौता तिर्नुहोस भन्दा उहाँले मेरो छोरा फेल भयो भन्नुहुन्थ्यो । मैँले कुनै ग्यारेण्टी गरेर विद्यालयमा भर्ना गर्नुहोस भनेको थिइनँ ।

हामीले पटक पटक ताकेता गर्दै आइरहेका थियौँ । गत साउन २७ गते मैले भेटेँ । उहाँले मेरो छोराहरुले जति पढे त्यति तिरेँ भन्नुभयो । मैँले हिसाब हेर्न मात्र जाऊँ भनेँ । मैँले उत्तीर्णको ग्यारेण्टी गरेर ल्याएको होइन । बाँकी त तिर्नुपर्छ भन्दा उहाँले अटेरी गर्नुभयो । बाहिर मेरो एकाउण्टेन्टले बाइक स्टार्ट गर्नुभयो । मैँले जानुहोस दाइ बाइकमा बस्नुहोस भन्दा उहाँ लडनुभयो ।

सिँडीबाट ओर्लँदा एउटा खुटकिलो नटेकी अर्कोमा टेक्न पुग्दा त्यसमा लेउ लागेको थियो । लेउमा चिप्लिएर लडनुभयो । यसपछि पनि मैँले अस्पताल लैजाने उपचार गराउने प्रयत्न गरेको छु । मैँले उपचार खर्च ५०००० मेरो भाइमार्फत पठाएको पनि छु । तर उहाँले लिनु भएन र मुद्धामामिलामा जानुभयो ।

बाबुराम सुबेदी : घटनाका साक्षी

पत्रकारले कुटपिट गरेको भनेर समाचार लेखेका छन । यो सरासर गलत हो । दीपक सरले हिसाब हेर्न मात्र भएपनि विद्यालय जानुहोस भन्दा उहाँ नमान्ने हुँदा सिँडीबाट झर्न लाग्दा लेउ लागेको खुटकिलो थियो । उहाँ अचानक लडनुभयो । भएको यत्ति मात्र हो ।
पत्रकारले तोडमोड गरेर लेखे ।

सुबेदी र कुँवरसँगको कुराकानी हेर्नुहोस भिडियोमा : 
https://www.youtube.com/watch?v=a4rmDVZIdtQ