काठमाडौँमा संक्रमणले रेकर्ड तोड्यो, आज भेटिए हालसम्मकै उच्च

काठमाडौँ – काठमाडौँ उपत्यकामा मंगलबार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० गरी ४ सय ८१ मा कोरोना पुष्टी भएको हो ।

यससँगै संक्रमितको संख्या देशभर १०६९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ७६८ जना डिस्चार्ज भएका छन् ।यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।