इण्डोनेपाल इन्टरनेशनल च्याम्पियनसिपमा नेक्सस विजयी

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रतियोगितामा पहिलो र दोस्रो दुवै स्थान हासिल गर्न सफल भएको छ । भारतको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेहरु युवा केन्द्रको तत्वाधानमा भएको पोल ब्रेक प्रतियोगितामा नेक्ससले गोल्ड र सिल्भर पदकसििहत क्रमशः पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भयो ।

नेपाल र भारतका विद्यार्थीबीच भएको प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, कबड्डी, ब्याडमिन्टन, पोलब्रेक लगायतका खेलमा प्रतिस्पर्धा भएका थिए । पोलब्रेकमा नेक्ससका दुई टिम सहभागी थिए । प्रतियोगितामा सहभागी तथा विजेतालाई नेक्ससले एक कार्यक्रमबीच शुभकामना तथा खुशी साटासाट गरेको छ । सहभागी विद्यार्थीहरुलाई विद्यालयमा विद्यालयका संस्थापक प्राचार्य आरबी कटवाल, विद्यालयका मानव संशाधन प्रमुख कमल कटवाल, प्राइमरी तह प्रमुख उर्मिला पौडेलसहितले बधाई ज्ञापन गर्नुभयो ।

त्यसक्रममा उहाँले भन्नुभयो –‘एकपछि अर्को प्रतिस्पर्धा चाहे त्यो राष्ट्रिय वा अन्तर्राष्ट्रिय दुवैमा हाम्रा विद्यार्थीहरु अब्बल सावित हुँदै गएका छन । हामीलाई निकै खुशी प्रदान गरेको छ ।’ यसअघि पनि नेक्ससले राष्ट्रब्यापी ब्याडमिन्टनमा प्रथम भएको थियो भने उपत्यकाव्यापी फुटबलमा पनि प्रथम भएको थियो । साथै अन्य विभिन्न प्रतियोगितामा पनि चरणबद्ध जित हासिल गर्दै गइरहेको प्राचार्य कटवालले बताउनुभयो ।

‘ अध्यापनसँगै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनमा हामी निरन्तर लागिरहेका छौँ । विद्यार्थीहरुले जुन किसिमले सफलता हासिल गर्दै गइरहेका छन यसले उपर्युक्त संस्था छनौट भएमा मात्र अभिभावक र विद्यार्थीका सपना पूरा हुने उहाँले स्पष्ट पार्नुभयो ।