लोयल्टीमा खेलकुद सप्ताह सुरु

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटार एकताबस्तीस्थित लोयल्टी एकेडेमीमा खेलकुद सप्ताह सुरु भएको छ । कक्षा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुबीच आन्तरिक प्रतियोगितामार्फत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले खेलकुद सप्ताह सुरु भएको हो ।

विद्यार्थीहरुलाई अन्तर सदनात्मक रुपमा विभाजन गरी उनीहरुको अन्तरनिहीत प्रतिभा तिखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लोयल्टीका प्राचार्य वीरेन्द्र कुरुम्बाङले खुल्लापाटीलाई जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न १६ खेल खेलाइने उहाँले बताउनुभयो । प्रतियोगिताको एक कार्यक्रमबीच बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यालयका संस्थापक अध्यक्ष विजय साम्बेहाम्फेले अध्ययनका साथै खेलकुद पनि विद्यार्थीको सर्वाङगीण विकासका लागि अपरिहार्य रहेको बताउनुभयो । प्रतियोगिताको उद्घाटन सेसनमा विद्यार्थीहरुले मार्चपास, नृत्य लगायत प्रस्तुत गरेका थिए । प्रतिेयोगिता यही २४ गते सकिनेछ ।