स्वस्ति श्री गुरुकुल अन्तर विद्यालय फुटसल : नेक्सस च्याम्पियन

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले दोस्रो स्वस्ति श्री अन्तर विद्यालय फुटसल प्रतियोगितामा सानदार जित हासिल गरेको छ । आज भएको फाइनलमा नेक्ससले आयोजक स्वस्ति श्री गुरुकुललाई ४–० गोल अन्तरले पराजित ग-यो ।

नेक्ससका अनिश थापामगरले २ गोल र कृष्ण बहादुर आले मगरले २ गोल गरे । प्रतियोगिता अवधिमा हाइस्कोररको उपाधि पनि कृष्णले जिते । उतो गल्सतर्फ भएको फाइनलमा भने आयोजक स्वस्ति श्रीले नेक्ससलाई पराजित गर्दै उपाधि जितेको छ ।

नेक्सस संकटाले एक गोल गर्दा स्वस्ति श्री गुरुकुलले ३ गोल गरेको थियो ।