एएफए सेमिफाइनल समीकरण पूरा

एजेन्सी – एफए कप फुटबल सेमिफाइनल समीकरण पूरा भएको छ । म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग र म्यान्चेस्टर सिटीले आर्सनल सँग खेल्ने भएको छ । शीर्ष चारमा एफए कपका सफल टोलीहरु छन् ।

एफए कपमा १३ पटक उपाधि उचालेको आर्सनलको सामना गर्न लागेको सिटीले क्वाटरफाइनलको अन्तिम खेलमा न्यूक्यासललाई २-० गोलले पराजित गरेको हो । नर्भिच सिटीलाई पराजित गर्दै सेमिफाइनल पुगेको युनाइटेडले एफए कपको उपाधि १२ पटक उचालिसकेको छ भने लेस्टर सिटीलाई क्वाटरफाइनलमा पराजित गरेको चेल्सीले ८ पटक एफए कप उपाधि जितिसकेको छ ।

सेमिफाइनलका दुवै खेल विम्वलेमा जुलाई १८ र १९ मा हुनेछ भने फाइनल अगस्ट एकमा विम्वलेमै हुनेछ । सेमिफाइनलमा भिड्न लागेका युनाइटेड र चेल्सीले सन् २०१८ को एफए कप फाइनल खेलेका थिए ।