२४ घण्टामा ३२६० जनामा संक्रमण, ३२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले १० हजार ८०६ जनाको पीसीआर ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरेको जनाएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । बुधबारसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा र २८ लाख ८८ हजार ३६० जनाले पूर्ण मात्रा लगाइसकेका छन् ।