आज प्याब्सन स्थापना दिवस, देशभर विविध कार्यक्रम गरी मनाईयो

काठमाडौँ –निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३२ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा प्याब्सनका विभिन्न जिल्लास्थित संगठनले विभिन्न कार्यक्रम गरी मनाएका छन । ३२ औँ स्थापना दिवसका अवसरमा प्याब्सन केन्द्रीय कार्यसमितिले एक शुभकामना सन्देश प्रवाह गर्दै सरोकारवाला सबैमा शुभकामना र सम्मान व्यक्त गरेको छ ।

प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुंगाना र महासचिव आरबी कटुवालले एक शुभकामना सन्देश प्रवाह गर्दै प्याब्सनले शैक्षिक एवं सामाजिक जनचेतनाका माध्यमबाट सामाजिक रुपान्तरण पेशागत हकहितको संरक्षणका साथै राष्ट्रलाई विश्व जगतमा एक उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा स्थापित गराउन प्याब्सनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा गुणात्मक शिक्षाको विकास, विस्तार एवं अभिवृद्धि दक्ष र राष्ट्रप्रति समर्पित कर्तव्यनिष्ठ जनशक्तिको उत्पादन, शैक्षिक एवं सामाजिक जनचेतनाका कार्यक्रमको माध्यमबाट सामाजिक रुपान्तरणमा प्याब्सनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।

प्याब्सन स्थापना दिवसकै अवसरमा प्याब्सनका जिल्ला, क्षेत्र तथा नगरस्तरीय समिति एव विद्यालयहरुले दीप प्रज्वलन लगायतका कार्यक्रम गरी मनाएका छन ।