थप ११८ जनामा कोरोना संक्रमण, संक्रमित १६ हजार ६४९ पुगे

काठमाडौँ – आज थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार थप ११८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ११ जना पुगेको छ ।