कोरोना संक्रमणका कारण थप एकको मृत्यु

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको आज विहान मृत्यु भएको थियो ।