राष्ट्रपतिले आज रानीपोखरी उदघाटन गर्ने

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित रानीपोखरीको आज उदघाट्न गर्नुहुने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मध्य भागमा रहेको ऐतिहासिक रानीपोखरीको अपरान्ह १२ बजे राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने भएको हो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

१८९० को भूकम्पले मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको हो