काठमाडौँ – डोटीको केआईसिंह गाउँपालिका–५, रामन्वाला जाजरमा एक जिप पहिरोमा पुरिएको छ । बिहीवार राति गाउँपालिकाबाट दिपायल जाँदै गरेको से १ च २१२५ नम्बरको जीप पहिरोमा परेको हो ।
यात्रुहरु पुर्याएर फर्केको जीप सडकमा ढुंगा खसेको देखेपछि चालक योगेन्द्र साउदले रोकेका थिए । जीपमा चालक एक्लै थिए । चालक साउदको डोटी राजपुरस्थित सुजुङ अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।